२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

इटहरीको बीपी चोकमा आगलागी : जलेर महिलाको मृत्यु

इटहरी-सुनसरीको इटहरी-६ स्थित बीपी चोकमा शनिबारराति भएको आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय गोपीमाया कटुवाल रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । सुतेको अवस्थामा घरमा आगलागी भएका कारण कटुवालको ज्यान गएको प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिए । पूजा कोठाबाट आगो सल्किएको प्रहरीको अनुमान छ। कटुवालका छोरा बुहारी…