१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

बिजुली सर्ट भएर आगो लाग्दा डंगोलको मृत्यु

झापा- आगलागीमा परेर काठमाडौँमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका १२ ब्रम्हटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोलको जलेर मृत्यु भएको हो । स्थानीय देवनारायण डंगोलको घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी भएको थियो । आगलागीमा देवनारायणका छोरा राजेन्द्रमानले ज्यान गुमाएका हुन् ।