१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

बिर्तामोडकाे बेल्स मोडल स्कूलमा विस्फोट : भारतीय नागरिककाे अवस्था चिन्ताजनक

बिर्तामोड- झापाको बिर्तामोडस्थित बेल्स मोडल स्कूलमा बेलुन फुलाउने मेसिन विस्फोट हुँदा एकजना भारतीय नागरिक गम्भीर घाइते भएका छन् । भारतीय नागरिक गणेश सहनी घाइते भएको र उनलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । विद्यालयले आयोजना गरेको शैक्षिक कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेसिनबाट बेलुन फुलाउने क्रममा विस्फोट भएको हो…