- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
सतासीधाम–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार आएपछि पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि प्रभावित जग्गाधनीलाई उचित मुआब्जा बितरण गर्ने बताएका छन् ।
झापाको शिवगञ्जमा हिजो आयोजित चुनावी सभामा अध्यक्ष ओलीले प्रभावितलाई मुआब्जा दिन एमालेले ढिलाई नगर्ने बताए ।
‘देश बनाउने स्पष्ट कार्यदिशा र भिजन एमालेसँग मात्रै छ’, चुनावी सभामा अध्यक्ष ओलीले भने, ‘अब एमालेको सरकार आएपछि उचित मुआब्जा दिएर पूर्व पश्चिम रेलमार्ग निर्माणको काम थाल्छौँ ।’ समृद्ध नेपाल बनाउने अभियानमा हातेमालो गर्न एमालेमा आउन सधैँ ढोका खुल्ला रहेको अध्यक्ष ओलीले बताए ।