- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
मोरङ– प्रदेश सरकारले खर्च गर्न नसक्दा संघीय सरकारले पठाएको बजेटको ठूलो हिस्सा फिर्ता भएको छ । केन्द्रले बजेट नदिएको आरोप लगाउने गरेकाे प्रदेश सरकारले उपलब्ध भएको बजेट खर्चै गर्न नसकेको हो ।
गत आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त बजेटमध्ये १४ दशमलव ४६ प्रतिशत अर्थात १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बजेट फिर्ता भएको छ ।
खर्चको सीमा बढाउन प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा बजेट रकमान्तर समेत गर्दै आएको छ । तर, त्यसले पनि अपेक्षित रुपमा बजेट खर्च हुन सकेको छैन् ।
कतिपय अवस्थामा कामै नहुने योजनामा संघीय सरकारले बजेट पठाउने भएकाले त्यस्तो बजेट फिर्ता जाने गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।