- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा–सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत धान आयातलाई ३० प्रतिशत कम गर्ने योजना पूरा गर्न कठिन हुने देखिएको छ ।
बजेटमा धान, मकै, गहुँ, तरकारी र फलफूल आयातलाई ३० प्रतिशतले कम गर्ने गरी राखेको योजनामा धान आयात घटाउन भने सरकारलाई कठिन हुने देखिएको हो ।
विगत पाँच वर्षदेखिको धान रोपाइँ र उत्पादनको अवस्था र आयातको दरलाई हेर्दा सरकार लक्ष्यसम्म पुग्न नसक्ने देखिएको नयाँ पत्रिकाले लेखेको छ ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा धान रोपाइँ ५ प्रतिशतका दरले कमी आएको छ । गत वर्ष ९७ प्रतिशत धान रोपाइँ भएको थियो ।
यसवर्ष साउनको अन्तिम साता लागिसक्दा समग्रमा ९२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ ।