१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

झापामा रवि लामिछानेको गर्जन : इमानको राजनीति गर्ने दृढता



बिर्तामोड- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले झापाको बिर्तामोडमा आज जिल्ला भेलाको आयोजना गरेको छ । भेलालाई लामिछानेले सम्वोधन गरेका छन् ।

रविले इमानको राजनीति गर्ने भन्दै इमान भएका सबैले राजनीति गर्न सक्ने बताए । बेथितिविरुद्ध लड्ने भन्दै रविले परिवर्तनको पक्षमा उभिएका सबैलाई पार्टीमा संगठित हुन सार्वजनिक अपिल पनि गरे ।

उनले नेपाली उत्पादनको प्रवद्र्धन र व्यवसायिकीकरणमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । पार्टी गठनपछि रवि जिल्ला तहमा संगठनात्मक संरचना बनाउन खटिएका हुन् ।

तोकिएको भन्दा झण्डै एक घण्टा ढिलो उनी कार्यक्रमस्थलमा पुगेका छन् । उनी कार्यक्रम हलमा पुग्दा कार्यकर्ताले घण्टी बजाएर स्वागत गरेका छन् । घण्टी उक्त पार्टीको चुनाव चिन्ह पनि हो ।

अग्रसेन भवनमा आयोजित भेलामा सहभागी शुभेच्छुक र समर्थक ।

रविले सम्वोधन गर्नुअघि भीडबाट छानिएका १० जना सहभागी समर्थकले मैले कल्पना गरेको देश शीर्षकमा तीन मिनेटका दरले आफ्नो धारणा राखेका थिए ।

सहभागीले रवि पनि अरु नेता जस्तै हुने बाटोमा लागे आफूहरुको टेक्ने र समाउने ठाउँ नहुने भन्दै आफ्नो अडानमा सधैँ इमान्दार भएर लाग्न सुझाव दिए ।

सञ्चार यात्राको दुनियाँबाट राजनीतिक अभ्यासमा आफूलाई समर्पित गरेका लामिछाने हिजो झापा आएका थिए । झापा आए लगत्तै उनले भारतीय सीमावर्ती मेची पुलमा पुगेर घण्टी बजाएका छन् ।

https://fb.watch/efAj6ZN-pz/

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार ००:००  २ : ३१ बजे