- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आफूले गल्ती नगरेको तर नागरिक समाज, विद्यार्थी लगायत सबैको धारणालाई सम्मान गर्दै आफूले पदबाट राजीनामा दिएको उनले बताए ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् । यसअघि आजै अर्थमन्त्री शर्मामाथि छानविन गर्न संसदीय विशेष समिति गठन भएको थियो ।
अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति गठन भएको हो । समितिमा एमालेका चारजना सांसद छन् । समितिलाई १० दिनको समय दिइएको छ ।
शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।
अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।