- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड– झापाको बिर्तामोडमा शनिवारदेखि साताव्यापी ‘मेङ्गो फेस्टिवल’ सुरु भएको छ । शिक्षासेवी समेत रहेका जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा रहेको आफ्नै निजी बगैँचामा ‘मेङ्गो फेस्टिवल’ आयोजना गरेका हुन् ।
यसअघि उनले लिच्ची फेस्टिवल आयोजना गरेका थिए । बगानमा उत्पादित फलको सिजन अनुसार उनले यस्तो कार्यक्रम आयोजना गरिरहेका छन् । ‘मेङ्गो फेस्टिवलमा ताजा र अर्गानिक आँप खान पाउने ढुङ्गानाले बताए ।
बजारमा आँपको मूल्य १५० रुपैयाँ छ । तर ‘मेङ्गो फेस्टिवल’ मा प्रतिकिलो ५० रुपैयाँमा आँप पाइन्छ । सहभागीले आफ्नो अनुकूलताका आधारमा आँप त्यही खान वा किनेर लैजान पाउँछन् ।
पाँच विघा क्षेत्रफलमा फैलिएको बगानमा ढुङ्गानाले आँप, लिच्ची, अम्वक, कटहर लगायतका फलफूल रोपेका छन् । उत्पादन सुरु भएपछि उनले त्यसलाई सहजतापूर्वक उपभोक्ता माँझ लग्दै आएका छन् ।
घना शहरीकरणको बीचमा उनको लगाएको बगानले पर्यावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण काम गरेको छ ।