- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा- नागरिकले दानमा उपलब्ध गराएको रगतमा समेत सरकारले मूल्यवृद्धि गरेको छ । बिरामीको ज्यान जोगाउने उद्देश्यसहित सबै बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउनुको साटो स्वास्थ्य मन्त्रालयले प्रतिपिन्ट साढे ६ सयसम्म मूल्य बढाएको छ ।
स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर रगत प्रतिपिन्ट एक हजार १० देखि एक हजार ६ सय ४० रुपैयाँसम्म मूल्य निर्धारण गरेको हो ।
देशभर ब्लड बैंक रहेको नेपाल रेडक्रस सोसाइटीमातहतका रक्तसञ्चार केन्द्रले अहिलेसम्म प्रतिपिन्ट पाँच सय २५ देखि हजार रुपैयाँसम्ममा रगत उपलब्ध गराउँदै आएका थिए ।
नयाँ दरअनुसार ट्युब प्रक्रियाबाट समूह छुट्याइएको रगतको मूल्य प्रतियुनिट न्यूनतम एक हजार १० रुपैयाँ पर्ने खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।