- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा– स्थानीय तह निर्वाचनका लागि सरकारले सुरक्षाको चौथो घेरामा नेपाली सेना परिचालन गर्ने भएको छ । निर्वाचन प्रयोजनका लागि ७५ हजार भन्दा बढीको संख्यामा सेना परिचालन गर्ने सरकारी तयारी छ ।
सेनाले निर्वाचन सुरक्षाका लागि सरकारसँग चार अर्व रुपैयाँ मागेको छ । तर, माग अनुसार तत्काल रकम दिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले निर्वाचन खर्चका लागि सेनाले मागे भन्दा धेरै थोरै रकम निकासा गरिएको बताए ।
सरकारले सेनालाई २६ करोड रुपैयाँ मात्रै निकासा दिएको छ । माग अनुसार सवारी खरिद, सञ्चार उपकरण, खाजा, विशेष भत्तालगायतको बजेट निकासा नभएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।