१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

ताप्लेजुङ साक्षर जिल्ला घोषणा



ताप्लेजुङ– ताप्लेजुङ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। बुधबार प्रदेश १ का उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङ जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

जिल्लाको साक्षरता प्रतिशत ९६.४५ प्रतिशत पुगेपछि साक्षर जिल्ला घोषणा गरिएको साक्षरता अभियान जिल्ला समन्वय समितिका अध्यक्ष घनेन्द्र मादेनले बताए। योसँगै ताप्लेजुङ प्रदेश १ मा १३ औँ साक्षर जिल्ला बनेको छ।

अब सोलुखुम्बू मात्र साक्षर जिल्ला घोषणा हुन बाँकी छ।

जिल्लाको कुल जनसंख्याको ९६.४६ प्रतिशत साक्षर भएपछि घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश्वर भट्टराईले बताए।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ००:००  ५ : ५६ बजे