- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
बिर्तामोड– झापाको बिर्तामोडका शिक्षासेवी जयनारायण ढुंगानाले जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा काली मन्दिर निर्माण गरिदिने भएका छन् ।
जिल्ला ट्राफिकका लागि बनाइएको भवनको उद्घाटन समारोहमा बोल्दै साेमबार समाजसेवी ढुंगानाले काली मन्दिर निर्माण गरिदिने घोषणा गरेका हुन् ।
यसअघि ढुंगानाले बिर्तामोडकाे मुक्तिचोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग जोडिएको स्थलमा दुर्गा मन्दिर स्थापना गरेका थिए ।
सडक विस्तारका क्रममा दुर्गा मन्दिर भत्काउनुपर्ने परिस्थितिजन्य अवस्थालाई ध्यानमा राखेर समाजसेवी ढुंगानाले नवनिर्मित ट्राफिक भवन परिसरमा मन्दिर स्थापना गरिदिने बताएका हुन् ।
‘राम्रो भन्दा राम्रो नक्सा बनाएर दिनुस्’ , भवन उद्घाटन समारोहमा समाजसेवी ढुंगानाले भने, ‘तपाईहरुले भनेकै ढाँचामा काली मन्दिर बनाएर हस्तान्तरण गर्छु ।’