- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा– सरकारले गरीव परिवारलाई १० हजार दिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट कार्यविधि स्वीकृत भएकोले अव गरीब परिवारले रकम पाउने भएका हुन् । बजेटमार्फत सरकारले गरिब घर–परिवारलाई १० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम ल्याएको थियो ।
राजपत्रमा प्रकाशित भएपछि रकम वितरणको बाटो खुल्ने अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले संयुक्त रुपमा कार्यविधि निर्माण गरेका हुन् ।
अनुदान लाभान्वित वर्गको बैंक खातामा सिधै पठाउने गरी कार्यविधि बनेको छ । यसको उद्देश्य लक्षित वर्गकै हातमा रकम पठाउनु हो । कार्यविधि अनुसार दुई जना छिमेकीले लक्षित परिवार विपन्न भएको सिफारिस गर्नुपर्नेछ ।
सम्बन्धित वडा अध्यक्षले त्यो सिफारिसलाई सदर गरेपछि सरकारले स्थानीय तहका नाममा पठाएको रकमबाट गरिब परिवारलाई १० हजार रुपैयाँ नगद अनुदान प्रदान गर्नेछ ।