१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

कल्पितलाई भाषा, साहित्य, कला प्रतिभा सम्मान



बिर्तामोड– क्षितिज नाट्य समूहका अध्यक्ष युवा रंगकर्मी माधव कल्पितलाई प्रदेश सरकारले भाषा, साहित्य, कला प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको छ । कात्तिक १२ को मन्त्रिस्तरीय बैठकबाट कल्पितलाई सम्मान गर्ने निर्णय भएको हो ।

कला साहित्यको विकासमा निरन्तर सक्रिय कल्पित रंगमञ्चको यात्रामा पनि सशक्त छन् । उनको अग्रसरतामा झापाको बिर्तामोडमा जातिय संग्रहालयसहितको ‘झापा नाटक घर’ निर्माण भइरहेको छ ।

कल्पितले भाषा, कला तथा साहित्यको विकासमा गरेको योगदानस्वरुप प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार ००:००  ७ : ३० बजे