- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
विराटनगर– मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सिटीजन्स बैक लुट्ने प्रयास भएको छ । बैंकको शाखामा गोली चल्दा सुरक्षा गार्ड घाइते भएका छन् ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई समातेको छ । बैक लुट्न खोज्नेहरु भारतीय नागरिक भएको प्रहरीको प्रारम्भिक जानकारी छ ।
गोली चले लगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार लुटेरा समूहका तीन जना पक्राउ परेका छन् । उनीहरुलाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये एक जनाको तिघ्रामा गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले लुटपाटका लागि आएको समूहले गोली चलाएको हुनसक्ने बताएका छन् ।