बिर्तामोड– बिर्तामोड नगरपालिकाले आइतवार विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नगर क्षेत्रका विद्यालयलाई अनुमति दिएको छ । नगरपालिकाको निर्णयपछि बिर्तामोडका निजी तथा सामुदायिक विद्यालय असोज ४ गतेदेखि खुल्ने भएका छन् ।
आइतबार बसेको नगर शिक्षा समितिको बैठकले पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न दिने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पूर्णरुपमा पालना गरी पठनपाठन सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए ।
- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र भएपछि विद्यालय सञ्चालनमा रोक लगाएको थियो । पछिल्लोपटक बैशाखदेखि विद्यालय बन्द छन् । पठनपाठन बन्द भएपछि बैकल्पिक शिक्षण सिकाई चलिरहेको छ । तर, त्यसको प्रभावकारिता कमजोर देखिएको छ ।