२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

पत्रकार प्रसाईद्वारा आमाको स्मृतिमा सहयोग




बिर्तामोड– नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाईले आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन मंगलबार झापा शाखाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् ।

आँगन एफएम बिर्तामोडका स्टेशन मेनेजर बिर्तामोड ७ गरामनी निवासी प्रसाईँ डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । झापाली पत्रकारको दीगो हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताएका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य सुरेन्द्र भण्डारी, झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डेको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार ००:००  ९ : ०४ बजे