१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

प्रहरीले भन्सारमा बुझायो वेवारिसे गाडी



बिर्तामोड–दक्षिणी झापामा वेवारिसे अवस्थामा फेला परेको एउटा गाडी प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । मे १ च ७९४६ नम्वरको महिन्द्रा कम्पनीको बोलेरो भन्सारमा बुझाइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कचनकवल ६ बनियानी बजार नजिक कल्भर्टमा पार्किङ गरेर राखिएको अवस्थामा उक्त बोलेरो फेला पारेको थियो ।

धनी पत्ता नलागेको र गाडी नम्वर समेत मेल नखाएकाले नियमानुसार १२ लाख मूल्य कायम गरी उक्त गाडी भन्सार दाखिला गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ००:००  ७ : २० बजे