१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

एक लाख घुस माग्ने तीन प्रहरी निलम्बित



झापा-सेवाग्राहीसँग घुस मागेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षकसहित तीन जनालाई छानबिनका लागि प्रहरीले निलम्बन गरेको हो ।

वरिष्ठ नायब निरीक्षक वसन्त भट्टराई र प्रहरी नायब निरीक्षक जगदीश ठाकुरलाई मंगलबार प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ । जवान महेश महतोलाई भने जिप्रका पर्साले सोमबार निलम्बन गरेको थियो ।

चेक बाउन्स सम्बन्धी मुद्दाका जाहेरीकर्ताले प्रतिवादी पक्राउका लागि इप्रका पोखरियालाई पत्राचार गरिदिन आग्रह गर्दा मुद्दा शाखाका उनीहरूले एक लाख घुस मागेका थिए ।

पत्र लेखेपछि पैसा दिन्छु भनेकोमा प्रहरी अधिकारीले पैसा नदिई पत्र नलेख्ने अडान लिएको पीडितले बताएका छन् ।

पैसा मागेको अडियोसहित पीडितले उजुरी गरेपछि छानबिन सुरु भएको हो । उजुरी परेको दोस्रो दिन नै तीनै प्रहरीलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ००:००  ९ : २० बजे