१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

बिर्तामोडको १० नम्वर वडा कुष्ठरोगको उच्च जोखिममा



झापा-बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले बिहीवार आयोजित कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

चारजना बालबालिकासहित २९ जनामा कुष्ठरोगको संक्रमण छ । कात्तिकयता ६ जना संक्रमित थपिएका हुन् । कुष्ठरोगका कारण बिर्तामोडमा ६ जना अपांग समेत भएका छन् ।

एक जनामा कुष्ठरोग बल्झिएको छ । बिर्तामोड १० मा कुष्ठरोगीको संख्या धेरै छ । फोकल पर्सन दीपक सापकोटाका अनुसार त्यहाँ ९ जना रोगी छन् ।

कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखाले सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार ००:००  ९ : ०९ बजे