१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मन्त्री सिटौलालाई झापा जिल्ला सहकारी संघको सम्मान




बिर्तामोड-झापा जिल्ला सहकारी संघले प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई सम्मान गरेको छ । बिर्तामोडस्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा संघले मन्त्री सिटौलालाई सम्मान गरेको हो ।

झापाको सहकारी अभियानका तर्फबाट संघका अध्यक्ष गणेश ढकालले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै मन्त्री सिटौलालाई सम्मानपत्र प्रदान गरेका छन् ।

सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा झापाले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा सहकारी मन्त्रालयको नेतृत्वमा झापाली नेता स्थापित हुनुलाई संघले थप गौरवको रुपमा लिएको छ ।

कार्यक्रममा नेपस्कुनका कोषाध्यक्ष केशव पोखरेल, झापाली समाज अमेरिकाका अध्यक्ष मुकुन्द ढुंगाना लगायतको आतिथ्य रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार ००:००  ५ : १९ बजे