१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

निर्वाचन कार्यालय खारेज गर्ने सरकारको घोषणाप्रति आगोगको आपत्ति



झापा- बजेटमार्फत् निर्वाचन कार्यालय खारेज गर्ने सरकारको घोषणाप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ ।

आयोगका पदाधिकारीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी निर्वाचन कार्यालय खारेज तथा निर्वाचन विधेयकलगायतका विषयमा छलफल गरेका हुन् ।

आयोगले उक्त निर्णय उपयुक्त नभएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको जनाएको छ । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आयोगसँग सम्वन्धित विषयमा थप छलफल गरेर अघि बढ्ने जवाफ दिएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार ००:००  ९ : ०६ बजे