१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

एमालेको जनवर्गीय सङ्गठनको राष्ट्रिय सम्मेलनको मिति घोषणा




झापा- नेकपा एमालेको जनवर्गीय सङ्गठनको राष्ट्रिय सम्मेलनको मिति घोषणा गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन र सम्मेलन मिति घोषणा गरिएको हो ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले सबै जनसङ्गठनले चैत मसान्तभित्र सम्मेलन गर्नु पर्ने बताइन् ।

पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसङ्गठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन र सम्मेलन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ००:००  १० : १४ बजे