१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मेमोरी किङ’ अर्पणसहित तीन प्रतिभालाई पुरस्कृत गरिँदै



मेचीनगर-मेमोरी किङ अर्पण शर्मालाई पुरस्कृत गरिने भएको छ । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । शर्मासहित तीन जना प्रतिभालाई माघ १७ गते पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए ।

स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा झापाका स्थायी बासिन्दा हुन् । प्रतिष्ठानले मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ की असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गर्ने जनाएको छ ।

पुरस्कारको नगद राशी ३१ हजार रुपैयाँ रहेको छ प्रतिभा छनोटका लागि प्रतिष्ठानले पाँच सदस्यीय समिति बनाएको थियो । पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ००:००  ९ : ३१ बजे