२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

झापाको बुधवारेबाट ब्राउन सुगरसहित तीन जना पक्राउ



झापा-ब्राउनसुगर सहित झापाको बुधवारबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का अजय तामाङ, सोही ठाउँका सन्देश राई र सन्तोष राजवशी छन् । तामाङ अटो चालक हुन् ।

इलाका प्रहरी कार्यालय बुधवारेको टोलीले उनीहरुलाई आइतवार साँझ साढे छ बजे पक्राउ गरेको हो । चारआलीबाट बुधवारे गएको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा त्यसमा ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धुलावारीको हिरासतमा राखिएको बताए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ००:००  ७ : ३३ बजे