झापा-अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहारबाट कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । यद्यपि कति जना घाइते भए भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ । गोली हान्ने फरार छन् र किन गोली हानियो भन्ने कारण खुलेको छैन् ।
- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन् । गोली प्रहार भएको ठाउँमा एशियाली मुलका मानिसको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकको पहिचान पनि भइसकेको छैन् । साथै मृतकको संख्यावारे विभिन्न मिडियाले फरक फरक सूचना दिएका छन् । सीएनएनले १० जनाको मृत्यु भएको जनाएको छ भने बीबीसीले ९ जना मारिएको उल्लेख गरेको छ ।