२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

झापा ३ मा स्वर्णिम युगको सुरुवात : मन्त्री लिङ्देन




झापा- उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनले झापा ३ मा स्वर्णिम युगको सुरुवात भएको बताएका छन् ।

उपप्रधानमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला झापा आएका उनले अहिलेसम्म पछाडि परेको क्षेत्रमा विकासको युग सुरुवात भएको बताएका हुन् ।

आइतबार कमलधामस्थित संयुक्त धार्मिकस्थलमा आयोजित २८५९ औं सोनाम ल्होछार कार्यक्रममा उनले यस क्षेत्रको विकासमा पूर्वाग्रह नराखी सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङ्देनले विकासप्रति जनताको चाहनालाई सम्वोधन गर्न आफू सधैँ तत्पर रहेको बताए ।

पद्मछोयोलिङ गुम्बामा आयोजित कार्यक्रममा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलालगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार ००:००  ९ : ०० बजे