२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

प्रदेशको नाम राख्न ढिलो गर्दिन : मुख्यमन्त्री कार्की




दमक- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम राख्न ढिलाई नगर्ने बताएका छन् । उनले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका हुन् ।

झापाको दमकमा आइतवार सोनाम ल्होसारको अवसरमा आयोजित कार्यक्रममा दलीय आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए । सबै प्रदेशको नामकरण सम्पन्न भए पनि प्रदेश १ को नाममा सहमति जुट्न सकेको छैन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार ००:००  ८ : ४४ बजे