२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सभामुखलाई उद्योग वाणिज्य संघद्वारा बधाई




झापा-नेपाल उद्योग वाणिज्य महासंघले सभामुख देवराज घिमिरेलाई बधाई तथा शुभकामना दिएको छ । उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठको नेतृत्वमा आइतवार गएको व्यवसायीको टोलीले घिमिेरेलाई बधाई तथा शुभकमाना दिएको हो ।

टोलीमा विभिन्न वस्तुगत संघका अध्यक्ष सहभागी थिए । सभामुखसँगको भेटमा उपाध्यक्ष श्रेष्ठले आर्थिक तरलताको अभाव, बैंकको बढ्दो व्याज लगायतका विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले अलैंची र अम्लिसो बङ्गलादेशमा निर्यात गर्दा लाग्ने अधिक करको बारेमा सभामुखलाई अवगत गराएका छन् ।

सभामुख घिमिरेले नेपालका ठूला व्यवसायिक संस्थाले उठाएका सवाललाई आवश्यक समन्वय गर्न आफू तयार भएको बताएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार ००:००  ६ : ४० बजे