२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अमेरिकाबाट फर्किएको भोलिपल्ट विमान दुर्घटनामा मृत्यु




झापा- अमेरिकाबाट नेपाल फर्किएको भोलिपल्ट अर्थात आइतवार पोखराको हेम्जा हनुमान चोकका राजन सापकोटाले विमान दुर्घटनामा ज्यान गुमाएका छन् । उनी शनिवार मात्र अमेरिकाबाट काठमाडौँ उत्रिएका थिए ।

आइतवार पोखराका लागि उडेको यति एयरको विमान दुर्घटना हुँदा सापकोटाको मृत्यु भएको हो । अमेरिकाबाट फर्किएका श्रीमान्लाई लिन काठमाडौँ पुगेकी श्रीमती आषिका पनि विमानमा थिइन् । दुर्घटनामा सापकोटा दम्पत्तिले ज्यान गुमाएका छन् ।

छोरो आउने खबरले बिहानसम्म खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस भएकी छन् । उनका छरछिमेक सबैका आँखा रसाएका छन् । सिंगो गाउँ शोकमा डुवेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार ००:००  ११ : ०१ बजे