२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

माइ मेलाबाट फर्किएका युवाको दुर्घटनामा मृत्यु




बिर्तामोड- कनकाई माइमेलाबाट फर्किदै गरेका एकजना स्थानीयको आइतवार साँझ सवारी दुर्घटनामा मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत गरमकाली पेट्रोल पम्प अगाडि भएको दुर्घटनामा कनकाई नगरपालिका–६ का केशव नेपालको मृत्यु भएको हो ।

४४ वर्षीय नेपाललाई प्र १-०१-००१ ख ३४२० नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार ००:००  ७ : ५२ बजे