२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

विमान दुर्घटनामा पत्रकार पौडेलको निधन




झापा- पोखरामा आइतवार बिहान भएको विमान दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएको छ । काठमाडौंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटना भएको थियो ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

२०७४ मा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा काम गरेका पौडेल त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवको भूमिकामा थिए ।

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार ००:००  ७ : २४ बजे