२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

पोखरा विमान दुर्घटना : सरकारद्वारा जाँच आयोग गठन




झापा-सरकारले आइतवार पोखरामा भएको विमान दुर्घटनाको विषयमा छानविन आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको हो ।

आयोगलाई प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । आयोगमा हवाई विज्ञ तथा अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाश प्राप्त क्याप्टेन सुनिल थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा सदस्य छन् ।

आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । आइतवार बिहान पोखरामा यति एयरको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ७२ जना यात्रुको ज्यान गएको थियो ।

पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्मानमा सरकारले माघ २ गते शोक विदा दिने निर्णय गरेको छ । माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्री पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार ००:००  ७ : १४ बजे