२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

माघ २ गते शोक बिदा दिने सरकारको निर्णय



झापा-सरकारले सोमवार शोक बिदा दिने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्मानमा शोक विदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले घटनाप्रति मन्त्रिपरिषद बैठकले गहिरो दुःख व्यक्त गरेको बताए । माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको उनले जानकारी दिए ।

आइतवार बिहान पोखरामा यति एयरको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ७२ जना यात्रुको ज्यान गएको छ । घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको हो । आयोगलाई प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार ००:००  ६ : २२ बजे