२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

आगलागीमा एकै परिवारका दुई महिलाको मृत्यु



फिदिम– पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा मंगलवार राति भएको आगलागीमा एकै परिवारका दुई जना महिलाको मृत्यु भएको छ । स्थानीय मेघबहादुर गुरुङको घरमा आगो लागेको हो । घटनामा गुरुङसहित दुई जना घाइते भएका छन् ।

आगलागीमा गुरुङ्की २२ वर्षीया छोरी ममता र २३ वर्षीया बुहारी आशासिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनामा उनका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । आगो लागेपछि अरु तीन जनाले भागेर ज्यान जोगाएको पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले जानकारी दिए ।

गुरुङको घरमा सात जना सुतेका थिए । मध्यराति एकबजे भएको आगलागीबाट घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट ५० लाख रुपैयाँ भन्दाबढीको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार ००:००  ८ : ५९ बजे