२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बालिकाको मुटुमा प्वाल, उपचार गर्ने पैसा छैन्




भद्रपुर- झापाको बाह्रदशी गाउँपालिका–२ की पाँच वर्षीय बालिका मनिषा बुढाथोकीको उपचारमा समस्या भएको छ । बालिका मुटुरोगबाट पीडित छिन् । उनको मुटुमा प्वाल रहेको बाबु प्रेमबहादुरले बताए ।

मुटुमा गम्भीर समस्या देखिएपछि बालिकालाई सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ । तर, आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको छ ।

मुटुमा प्वाल रहेको थाहा पाएपछि डाक्टरको सल्लाह अनुसार गंगालालमा भर्ना गरिएको हो । आर्थिक अभाव भएकाले उपचारमा समस्या भएपछि पीडित परिवारले सहयोगको अपिल गरेको छ ।

उपचारका लागि करिब दुई लाख ५० हजार लाग्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । विपन्न अवस्थाको बुढाथोकी परिवारसँग पैसा जुटाउने सामथ्र्य पनि छैन् ।

बालिकाको उपचारका लागि सहयोग गर्न इच्छुकहरुले प्रेमबहादुर बुढाथोकीको प्राइम बैंकमा रहेको बैंक खाता नम्वर १०००००५४ पठाउन वा मोबाइल नम्बर ९८१६९२३९९१ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ००:००  ८ : २९ बजे