१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

लालपानीको सुख्खाग्रस्त क्षेत्रमा ढकालपुर पैनी सञ्चालन




शिवसताक्षी– शिवसताक्षी नगरपालिकाले हिउँदे बालीका लागि ढकालपुर पैनी सञ्चालनमा ल्याएको छ । शिवसताक्षी ७ को लालपानीका कृषकहरुलाई मध्यनजर गरेर नगरपालिकाले ढकालपुर पैनी सञ्चालनमा ल्याएको हो ।

हिउँदे बाली कृषि उत्पादन बढाउन नगरपालिकाले पैनी सञ्चालनमा ल्याएको नगर प्रमुख मेगाहाङ्ग थोप्राले बताए । उनले कनकाई नदी नजिकै भए पनि हिउँद लागेपछि पानी अभाव हुँदा लालपानीका किसान पीडित रहेको बताए ।

नगरप्रमुख थोप्राले भने, ‘कनकाईको पानीलाई पैनी बनाएर लैजाँदा लालपानीको सुख्खाग्रस्त जमिन सिञ्चित गर्न पुग्छ । त्यो नगरपालिकाले पूरा गरिदिएको छ ।’

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ००:००  ९ : ०८ बजे