१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

प्रसाईको निधनप्रति दुःख व्यक्त गर्दै झापाका निजी विद्यालय बन्द



बिर्तामोड– निजी तथा आवासीय विद्यालयहरुको अर्गनाइजेसन प्याव्सन झापाले आज जिल्लका सबै विद्यालय बन्द गरेको छ । शिक्षासेवी हरिकुमार प्रसाईको निधनप्रति दुःख व्यक्त गर्दै प्याव्सन झापाले मातहतका सबै निजी विद्यालय बन्द गरेको हो ।

लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका शिक्षासेवी प्रसाईको आइतवार बिहान अमेरिकामा निधन भएको थियो । झापाको शैक्षिक विकास र उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रसाई सरल र मिलनसार स्वभावका धनी व्यक्तित्व थिए ।

न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक प्रसाईले आफ्नै अग्रसरतामा झापाको बिर्तामोडमाएभरेष्ट स्मार्ट स्कूल पनि सञ्चालनमा ल्याएका थिए । झापाका दुई ठूला विद्यालयका संस्थापक प्रसाईको निधनप्रति विभिन्न क्षेत्रले दुःख प्रकट गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ००:००  ९ : ०२ बजे