२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बिर्तामोड नगर अस्पतालको सेवा माघ १ देखि आफ्नै भवनबाट



बिर्तामोड–नगर अस्पतालले माघ १ गतेदेखि नयाँ भवनबाट स्वास्थ्य सेवा दिने भएको छ । निर्माणको काम सकिन लागेकाले नयाँ भवनबाट सेवा उपलब्ध हुन लागेको हो । नयाँ भवनमा १५ वेड क्षमताको अस्पताल हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए ।

अस्पताल नयाँ भवनमा सरेपछि सेवा पनि थपिने छन् । डायलोसिस सेवाका लागि रोटरी क्लबको सहयोगमा ६ थान मेसिन समेत प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । नगरपालिकाले कानूनी संरचना तयार पारेर नगर अस्पताल व्यवस्थापन समिति समेत गठन गरिसकेको छ ।

सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन नियमित अनुगमन गरिने जनाइएको छ । नगर अस्पतालको निर्माणाधीन भवनको नगरप्रमुख पवित्रा महतारा प्रसाईले गतहप्ता अनुगमन गरी तत्काल काम सक्न निर्देशन दिएकी थिइन् ।

अस्पताल भवन निर्माणका लागि धुलिखेल निर्माण सेवा प्रालिले ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार ००:००  ९ : १० बजे