२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बेचिनबाट जोगिए काँकडभिट्टा आइपुगेका १३४ जना महिला



काँकडभिट्टा–दलालको प्रलोभनमा परेर हिँडेका १३४ जना महिला बेचिनबाट जोगिएका छन् । माइती नेपालले एकवर्षको अवधिमा उनीहरुलाई काँकडभिट्टा नाकामा रोकेर घर फर्काएको हो ।

नाकामा रोकिएका महिलालाई माइती नेपालले परिवारको जिम्मा लगाउँदै आएको छ ।

भारत लगायतका मुलुकमा रोजगारीको प्रलोभन देखाएर दलालले उनीहरुलाई काँकडभिट्टा नाकासम्म ल्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । उनले भारतमा बेचिएकी एकजना महिलाको उद्धार गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार ००:००  ११ : ०१ बजे