२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बुहारीले जेठाजुको हत्या गरेको खुलासा, ४८ घण्टापछि पक्राउ परिन रनमाया




बिर्तामोड–झापाको कनकाई–४ का पदमलाल बाँस्तोलाको हत्या अभियोगमा प्रहरीले शुक्रवार एकजना महिलालाई पक्राउ गरेको छ । बाँस्तोलाको शव भेटिएको २४ घण्टा बित्न नपाउँदै प्रहरीले उनकी बुहारी ४८ वर्षीया रनमाया बाँस्तोलालाई पक्राउ गरेको हो ।

५५ वर्षीय बाँस्तोला बिहीवार शिवसताक्षी–१० टेक्रास्थित माइखोला पूर्व बगरको काँसघारीमा मृत भेटिएका थिए । टाउकोमा धारिलो हतियारले हानेर उनलाई मारिएको प्रहरीको प्रारम्भिक अनुमान थियो ।

घटनाका विषयमा अनुसन्धान थालेको प्रहरीले शंका लागेर रनमायासँग केरकार गर्दा घटनाको रहस्य खुलेको हो । अभियुक्त रनमायाले पुस ६ गते हसिँयाले हानेर जेठाजु पदमलालको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।

शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर रनमायासँग बयान लिएको थियो । घाँस काट्न गएका बेला रनमायाले पदमलाई मारेको प्रहरीले जनाएको छ । अभियुक्त रनमाया इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा रहेकी छन् । प्रहरीले घटनाका विषयमा थप खुलाएको छैन् ।

यद्यपि, पदमलालले बलात्कार प्रयास गरेकाले आफूले मारेको बयान रनमायाले दिएकी छन् । तर, पदमलाल हराएर खोजी हुँदा पनि उनले कसैलाई बताएकी थिइनन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार ००:००  ११ : ५७ बजे