२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

७५ प्रतिशत भन्दाबढी उम्मेदवारको धरौटी जफत



झापा- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दाबढी उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन कानुन अनुसार प्रत्यक्षतर्फ निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत पाउन नसके धरौटी जफत हुन्छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले १० हजार र समानुपातिकतर्फ बन्द सूची पेश गर्न ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेशसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले पाँच हजार र समानुपातिकमा बन्दसूची बुझाउनेले २५ हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा दुई हजार ४११ र प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ एक हजार ७७२ पुरुष र १८९ जना महिला गरी एक हजार ९६१ जनाको धरौटी जफत भएको हो।

प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २३७ महिला र एक जना अन्य गरी कुल २ हजार ३२४ जनाको धरौटी जफत भएको छ । दुबैतर्फ गरी ४ हजार २८५ उम्मेदवारको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार ००:००  ४ : २५ बजे