१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

निर्वाचन परिणामप्रति एमाले अध्यक्ष ओली असन्तुष्ट, मोलतोल फेरि संस्थागत हुने जिकिर



दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामबाट मिलिजुली सरकार बनाउनुपर्ने बाध्यात्मक राजनीतिक परिस्थिति सिर्जना भएको बताएका छन् । अध्यक्ष ओलीले कुनै पार्टीको बहुमत नआएकाले मिलिजुली सरकार बनाउनु पर्ने बताए ।

झापाको दमकमा आफू निर्वाचित भएको प्रमाणपत्र बुझ्दै अध्यक्ष ओली भने, ‘निर्वाचन परिणामले देश थप अस्थिरतातर्फ जाने खतरा बढेर गयो । योग्यता भन्दा पनि टाउको हेरेर सत्ताको भागवण्डा गर्नुपर्ने परिस्थिति देखियो ।’

सत्ता समीकरणमा मोलतोल, लेनदेन र भागवण्डाको राजनीतिक श्रृङ्खला सुरु हुने बताउँदै अध्यक्ष ओलीले प्राप्त निर्वाचन परिणामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार ००:००  ८ : ०२ बजे