१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

कालिकापीठमा महायज्ञको तयारी




शनिश्चरे-कालिकापीठमा मंसिर १८ देखि महायज्ञ हुने भएको छ । आज बिहान आयोजित पत्रकार सम्मेलनमा महायज्ञबारे जानकारी दिइएको हो । श्रीमद्स्कन्ध महापुराण एवम् महारुद्रीसहित विराट महायज्ञको तयारी गरिएको कालिकापीठले जनाएको छ ।

धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि २९ गतेसम्म महायज्ञ आयोजना गरिएको कालिकापीठका अध्यक्ष ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलले बताए ।

महायज्ञमा प्रकाण्ड विद्वान गुरु चैतन्यकृष्णबाट संगीतमय कथा प्रवचन रहने छ भने वैदिक एवम् पौराणिक ग्रन्थहरुका मर्मज्ञ विद्वान आचार्य रघुनाथ रिजालको आचार्यत्वमा विद्वत आचार्यहरुद्वारा महारुद्री महायज्ञ सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ००:००  ८ : ३२ बजे