२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बाह्रदशीमा माओवादीको सामूहिक राजीनामाले गठबन्धनमा खैलाबैला




बिर्तामोड– झापाको बाह्रदशीमा नेकपा माओवादी केन्द्रका प्रदेश, जिल्ला, पालिका र टोल तहसम्मका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

निर्वाचनको मुखमा बाह्रदशी गाउँपालिका ४ र ५ का १३४ जना माओवादी नेता कार्यकताले राजीनामा दिएपछि गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।

जनयुद्धकालदेखि सक्रिय नेता कार्यकर्ताले पार्टीमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताउँदै पार्टी गन्तब्य र सिद्धान्त भुलेर अघि बढेको कारण सामूहिक राजीनामा दिएको बताएका छन् ।

माओवादी पार्टीबाट देशले केही पाउन नसक्ने र जनताको भविष्य समेत सुरिक्षत हुन नसक्ने निष्कर्षसहित राजीनामा दिएको जिल्ला सदस्य कृष्णमोहन गौतमले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ००:००  ९ : ०७ बजे