२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कामना सेवा विकास बैँकद्वारा पाउ पाथिभरा मन्दिरमा सरसफाई



बिर्तामोड- कामना सेवा विकास बैंकले आज झापाको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा सरसफाई गरेको छ । बैंकको १६ औं वार्षिकोत्सवका अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

बिर्तामोड शाखाको आयोजना र इँटाभट्टा तथा बुधबारे शाखाको सहभागितामा मन्दिर परिसरमा सरसफाई गरिएको बैँककी कर्मचारी सविना गौतमले बताइन् । सरसफाइसँगै बैँकले मन्दिर परिसरमा रहने गरी पाँचथान डस्टविन पनि वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत बैंकले सरसफाई गरी डस्टविन वितरण गरेको हो । पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको पाउ पाथिभरा मन्दिरमा दर्शनार्थीको नियमित भीड लाग्दै आएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार ००:००  ४ : २३ बजे