१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

विदेशीलाई नागरिकता लिन सघाउने गुरुङ केचनाबाट पक्राउ



झापा-झुटो विवरण पेश गरी विदेशीलाई नागरिकता दिलाउन खोजेको मुद्दाका फरार अभियुक्तलाई प्रहरीले समातेको छ । कचनकवल गाउँपालिका वडा नम्वर–२ का बमबहादुर गुरुङ समातिएका हुन् । गुरुङलाई शुक्रवार प्रहरीले पक्रेको हो ।

झुटो विवरण पेश गरी विदेशीलाई नागरिकता दिलाउन खोजेको मुद्दामा झापा जिल्ला अदालतले गुरुङलाई २०७६ फागुन ११ मा छ महिनाको कैद सजाय सुनाएको थियो । घटनापछि गुरुङ फरार थिए ।

अदालतले उनको कोरोना रिपोर्ट नगेटिभ आएपछि कारागार चलान गर्न अनुमति दिएको थियो । रिपोर्टपछि गुरुङलाई शुक्रवार नै कारागार चलान गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार ००:००  ८ : ५८ बजे