१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

सर्पले डसेर २४ वर्षीय युवाको मृत्यु




मोरङ- सर्पको डसाईबाट मोरङको सुनवर्षी नगरपालिका-९ मा एक जना युवाको ज्यान गएको छ । २४ वर्षीय सञ्जय सिंहको सर्पले डसेर मृत्यु भएको हो । बुधबार राति १२ बजेतिर उनलाई सर्पले डसेको थियो ।

सिंहको खुट्टामा सर्पले टोकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनी बाहिरबाट राति घर फर्किँदै थिए । उपचारका लागि रंगेली अस्पताल ल्याउने क्रममा बाटैमा सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार ००:००  ९ : २० बजे