१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

चट्याङ लागेर बालकको मृत्यु




सोलुखुम्बु- सोलुखुम्बुमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुहार मंगलबार साँझ पानीसँगै परेको चट्याङका कारण सुजनको घटनास्थलमै मृत्यु भएको हो भने उनकी आमा ताकमाया घाइते भएकी छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार ००:००  १ : ०० बजे